×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको नाफा ९.३५ प्रतिशतले घट्यो, ईपीएसमा पनि सामान्य गिरावट (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राइम कमर्सियल बैंकको नाफा ९.३५ प्रतिशतले घट्यो, ईपीएसमा पनि सामान्य गिरावट (विवरणसहित)

Artha Sarokar

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो, जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३५ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११.६८ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ०.९४ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ९९ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा ९.६४ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४९ पैसा घटेर १६ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी