काठमाडौं । एनआइसी एसिया बैंकको नाफामा ११ प्रतिशतको बढोत्तरी भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको तुलनामा यसवर्ष नाफामा ११.३८ प्रतिशतको वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफामा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । एनआइसी एसियाको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत र सञ्चालन नाफा १३.१० प्रतिशतले सुधार भएपछि खुद नाफा बढ्न गएको हो ।
समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्