काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्षको तुलनामा बैंकको नाफा १६.९६ प्रतिशतले बढेको छ । बैंकले चैत्र मसान्तसम्ममा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा १७.२० प्रशितले बढेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा ग्लोबल आइएमई बैंकको खराब कर्जा र कस्ट अफ फन्ड पनि बढेको छ ।
त्यस्तै, बैंक अफ काठमाण्डूसँग मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा कायम भएको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्