Skip to content
LAXMI SUNRISE BANK

सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्न कुमारी बैंक र सी जी मोटर कोर्प बीच सम्झौता

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक र सी जी मोटर कोर्पबीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरूको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरूबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरू खरिदका लागि कर्जा उपलब्ध गराउने भएको हो ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकी  डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बिजक मूल्यको ७०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK