काठमाडौँ । कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ ।
कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ ।
कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भएपनि त्यसपछि भने नेपाली ब्राण्डमै बढी उत्पादन हुन थालेको जानकारहरु बताउँछन् । सङ्घको तथ्याङ्कअनुसार कोरोना महामारी सुुरु हुनुभन्दा अघि सन् २०१८/१९ मा नेपालमा रु ३१ अर्ब ८३ करोड बराबरको तयारी पोशाक विभिन्न देशबाट आयात भएको थियो । जबकी सन् २०२०/२१ मा रु २४ अर्ब २ करोडको पोशाक आयात भएको थियो ।
“कोरोना महामारी सुरु भएपछि तयारी पोशाकको आयात रु ८ अर्बले घटेको देखिन्छ”, सङ्घका अध्यक्ष किशोर नेपालले भने, “लकडाउनका कारण आयात नभएपछि त्यो ‘स्पेस’ स्वदेशी उत्पादक कम्पनीले पूरा गरेका हुन् ।” स्वदेशी तयारी पोशाक उत्पादक कम्पनीले गुणस्तरमा ध्यान दिन थालेपछि माग पनि बढ्न थालेको उनको भनाइ छ ।
सङ्घका अनुसार एक जना व्यक्तिले वर्षमा औसतमा ४० मिटर वा १२ जोर तयारी पोशाक खपत गर्छ । जसमध्ये हाल ३३ प्रतिशत हिस्सा स्वदेशी उत्पादनको रहेको सङ्घको भनाइ छ । “सन् २०२१/२२ मा २२ करोड चार लाख ८१ हजार ४२० वटा तयारी पोशाक आयात भएको छ”, अध्यक्ष नेपालले भने, “विदेश गएकालाई छाडेर दुई करोड ५० लाख जनसङ्ख्यालाई हिसाब गर्ने हो भने औसतमा आठ वटा पर्छ, बाँकी चार वटा स्वदेशी उत्पादनबाट खपत भएको छ ।” उनका अनुसार कोरोना अघि १० प्रतिशत रहेको स्वदेशी उत्पादनको बजार हिस्सा यतिबेला बढेर ३३ प्रतिशतभन्दा बढी पुगेको छ ।
नेपालमा वार्षिक २० करोडदेखि २२ करोड जोरसम्म तयारी पोशाक आयात हुने गरेको छ । यद्यपि कोरोना महामारीका कारण लकडाउन भएको वर्ष भने १५ करोड जोरमा सीमित भएको थियो ।
अध्यक्ष नेपालका अनुसार पछिल्लो समय बजारमा माग बढेपनि जनशक्तिको अभावले माग अनुसारको आपूर्ति हुन सकेको छैन । कूल कामदारमध्ये नेपाली कामदार २० प्रतिशत मात्रै छन् भने बाँकी ८० प्रतिशत जनशक्ति भारतलगायत अन्य मुलुकबाट ल्याउनु पर्ने अवस्था छ । नेपाली दक्षजनशक्ति उत्पादनका लागि सङ्घले समेत विभिन्न तालिम दिने गरेको छ ।
सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्रै चार सयभन्दा धेरै उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादन हुने तयारी पोशाक काठमाडौँ बाहिरको बजारसम्म पुग्ने गरेको सङ्घको भनाइ छ । सङ्घका अनुसार देशभर सञ्चालित करिब पाँच सय उद्योगले वार्षिक रु २५ अर्बको कारोबार गर्दै आएका छन् ।
कोभिडपछि बजारको माग अनुसार डिजाइन र गुणस्तरमा ध्यान दिन थालेपछि सबै उमेर समूहले मन पराउन थालेको गार्मेन्ट व्यवसायी पुजा जोशीले बताए ।
नेपालमा उत्पादित तयारी पोसाक विभिन्न १० भन्दाबढी देशमा निर्यात भइरहेको सङ्घले जनाएको छ । हाल चीन, भारत, थाइल्याण्ड, इन्डोनोसिया, बङगलादेश, कोम्बिया, भियतनाम, जापान, बेलायत र यूएईलगायतका देशमा उहाँ उत्पादित तयारी पोशाक निर्यात भइरहेको छ ।
नेपालमा उत्पादित सिस्नो, अल्लो, मकैको खोस्टा, भेडाको ऊन जस्ता कच्चापदार्थको प्रयोगबाट राम्रो उत्पादन हुने भए पनि मूल्यवृद्धिका कारण केही कच्चापदार्थ महङ्गो परेको सङ्घको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्