×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निर्वाचन बिथोल्ने प्रयास भयो, गलत सूचनाको पछि नलागी ‘घण्टी’ चुनाव चिन्हमै मतदान गर्नुस्’- रवि लामिछाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘निर्वाचन बिथोल्ने प्रयास भयो, गलत सूचनाको पछि नलागी ‘घण्टी’ चुनाव चिन्हमै मतदान गर्नुस्’- रवि लामिछाने

Artha Sarokar

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शान्तीपूर्वक भईरहेको उपनिर्वाचन बिथोल्ने प्रयास भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

निर्वाचनको दिन विभिन्न समाचार माध्यमहरुले झुठा समाचार सम्प्रेषण गरी निर्वाचन बिथोल्न खोजेको लामिछाने आरोप छ । ‘विभिन्न ठाउँमा ‘फेक न्युज’ सम्प्रेषित गरिएका छन् ।’, उनले भने, रास्वपाले कुनै पनि अन्य दललाई समर्थन गरेको छैन । हाम्रो चुनाव चिन्ह घण्टी हो, निर्वाध रुपमा घण्टीमै भोट हाल्नुहोला ।’

उपनिर्वाचन भईरहेको तीन वटै ठाउँमा रास्वपाले कसैलाई समर्थन नगरेको र एक्लै चुनाव लडिरहेकोसमते लामिछानेले बताएका छन् । त्यस्तै, उनले निर्वाचन बिथोल्न भईरहेको गलत प्रचारप्रति निर्वाचन आयोग र सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी