काठमाडौं । आयातमा भन्सार सम्बन्धी असमान व्यवस्थाका कारण नेपाली इन्टेरियर डिजाइरको स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । व्यवसायिक प्रतिष्ठान तथा आवाशमा यस्तो सेवा तथा बस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योगहरु भारतबाट तयारी बस्तु नै सस्तो भन्सार दर भित्रने भएपछि समस्यामा पर्न थालेका हुन् ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा)को प्रावधान र त्यसअनुसार नेपालको आर्थिक विधेयकले गरेको व्यवस्थाका कारण विश्वका विभिनन मुलुकबाट कच्चा पदार्थ ल्याउनु भन्दा तयारी बस्तु नै भित्राउन कम भन्सार दर तिर्नु पर्ने भएकाले यो उद्यममा समस्या परेको संलग्न व्यवसायीले बताएका छन् ।
नेपालमा भेनेगर, फरमाइका, मोड्युलर लेग्स हार्डवयर च्यानल विशेषखालका मार्बल फाइबार विश्वका विभिन्न मुलुकबाट नेपाल आयात गर्ने र त्यसलाई डिजनाइन आवश्यकता अनुसार श्रम सिप प्रयोग गरी इन्टेरियर डिजाइनका समान उत्पादन गर्ने गरिन्छ । डिजाइन सृजना माग र गुणस्तरअनुसार यी उद्योगले यस्तासामान चीन, थाइल्याण्ड, कोरिया, तथा युरोपेली मुलुकबाट आयात गर्नुपर्ने हुन्छ । तर भन्सार सम्बन्धी असमान व्यवस्थाका कारण नेपालमा सामान उत्पादन हुने अवस्थामा पनि भारतबाटै तयारी समाना ल्याउने प्रचलन बढेको नेष्ट फर्निचरकी कार्यकारी निर्देशक सपना सापकोटा बताउँछिन ।
‘हामी नेपाली सीप र श्रमको प्रयोग गर्दै उच्च गुणस्तरका सामान उत्पादन गर्छौ तर पछिल्लो समय भारतबाटै तयारी मालबस्ुत सस्तोमा ल्याउन पाउने व्यवस्थाले हाम्रा उद्योग मात्र होइन यसमा संलग्न हजारौ श्रमिक तथा युवाको रोजगारी जोखीममा परेको छ,’ उनले भनिन् ।
सापकोटाका अनुसार सुविधासम्पन्न व्यवसायिक प्रतिष्ठान तथा तारे होटलहरुको इन्टेरियर डिजाइन स्वदेशी उद्योगबाटै गर्दा श्रमिकका लागि करिव २ वर्ष निरन्तर रोजगारी सृजना हुन्छ । ‘तर नेपालमा डिजाइन गर्ने र सामान भारतबाट ल्याउँदा यस्ता उद्योग र रोजगारी मासिने अवस्था छ ।’
दक्षिण एसियाली मुलुकहरूबीच स्वतन्त्र व्यापार प्रवर्दन गर्न भन्दै दक्षिण एसियाका ८ मुलुकहरुले साफ्टा कार्यान्वयनमा ल्याएका थिए । सन् २००१ जुलाइ देखि यो कार्यान्वयनमा आएसँगै संवदेनशील वस्तुबाहेकका बस्तु सस्तो भन्सारदर अन्तरदेशीय व्यापार गर्नुपर्ने हुन्छ । साफ्टाकै प्रावधानअनुसार एकिकृत भन्सार महशुल दरबन्दी अनुसार इन्टेरियर डिजाइनका लागि आवश्यक विलासी प्रकृतिका तयारी फर्निचर भारतबाट आयात गर्दा ११.२५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क थपगरे पुग्छ । तर सार्क बाहेक विभिन्न मुलुकबाट पार्टस तथा कच्च पदार्थ आयात गर्ने नेपाली उद्यमीले भने ३० प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क तिर्नुपर्ने व्यवस्था एकिकृत भन्सार महशुल दरबन्दी २०७९/०८०ले गरेको छ ।
‘तयारी सामान नै सस्तोमा आउने र स्वदेशी फर्निचरलगायत इन्टेरियर डिजाइनका उद्योग र श्रमिक त शिद्धिने अवस्थामा पुग्ने भए,’ सापकोटा भन्छिन्, ‘साफ्टाले गरेको यस्तो उल्टो र स्वदेशी उद्योग विरोधी प्रावधान हटाउन सरकार लाग्नुपर्छ ।’ सार्क मुलुकबाट आयातित हुने भए पनि विलासी प्रकृतिका यस्ता सामान सफ्टाको सूचिबाट हटाउन सके घटदो क्रममा रहेको राजश्व संकलनमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ ।
पछिल्लो समय नेपाली इन्टेरियर डिजाइन उद्योगहरुले ठूला तारे होटल, व्यवसायिक कम्प्लेक्स, निजी आवासलगायत प्रिमियमस्तरका संरचनाको इन्टेरियर उच्च व्यवसायिक अभ्यास र गुणस्तरसहित सम्पन्न गर्ने क्षमता राख्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्