काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् । माहोल बुझ्न मतदानस्थलमा पुगेको लामिछानेले यस्तो बताएका हुन् ।
मतदान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचनको माहोल सकारात्मक रहेको बताएका छन् । ‘बिहानैदेखि विभिन्न मतदान स्थलहरुमा पुगेको छ । माहोल एकदमै सकरात्मक देखिएको छ ।’, उनले भने, ‘मतदान स्थलमा पुग्दा जस्तो प्रतिक्रिया पाएको छु, सोही बमोजिम भए अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउने अपेक्षा गरेको छु ।’
चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि उपनिर्वाचन गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्