काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले खडक नगरपालिका –९ बजराहि गुठीका आगलागी पीडितहरूलाई राहत वितरण गरेको छ । संस्थाले खडक नगरपालिका र जिल्ला विपत व्यवस्थापन समितिको सहयोगमा आगलागी पीडितहरूलाई अति आवश्यक वस्तुहरूको पहिचान गरि राहत वितरण गरिएको हो ।
बैशाख ६ गते भएको आगलागीबाट १० घरधुरी पूर्ण रुपमा क्षति भएको थियो । आगलागीबाट अन्न, नगद लगायत अन्य बहुमूल्य बस्तुहरू नष्ट भएपनि मानवीय क्षति भने भएको थिएन ।
राहत वितरण कार्यक्रमका जिल्ला प्रशासन प्रमुख, प्रहरी प्रमुख, नगर प्रमुख, संस्थाको प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला प्रशासन प्रमुखले वित्तीय संस्थाले राहत वितरणमा देखाएको अग्रसरता लाई धन्यवाद दिदै आउँदा दिनमा समेत एक द्वार प्रणाली बाट राहत वितरण गर्न सुझाव दिएका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले आगलागी पीडितहरूलाई सान्त्वना दिदै संस्था सधै साथमा रहने उल्लेख गर्दै वितरण गरिएको राहतले थोरै भए पनि मलमको काम गर्ने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्