×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपनिर्वाचन उपडेट : चितवनको २ का दुई मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उपनिर्वाचन उपडेट : चितवनको २ का दुई मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु

Artha Sarokar

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं. २ का दुई मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । भरतपुर महानगरपालिका ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको हो ।

भरतपुर महानगरपालिका ११ स्थित नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनाव सृजना भएपछि मतदान रोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि सो मतदान केन्द्रमा तनाव सिर्जना भएको थियो ।

मतदानस्थलमा तनाव सृजना भएपछि मतदानस्थल बाहिर केहीबेर झडप पनि भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

त्यस्तै, कृष्णपुर माविमा पनि रवि लामिछाने पुग्दा अन्य दलकाले विरोध गरेपछि मतदान रोकिएको थियो । चितवन २ मा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी