×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टकका लागि व्यवसायिक घरानाबीच प्रतिस्पार्धा, यी हुन् नेशनल स्टक एक्सचेञ्जका सेयरधनी

PRIME CA

नयाँ स्टकका लागि व्यवसायिक घरानाबीच प्रतिस्पार्धा, यी हुन् नेशनल स्टक एक्सचेञ्जका सेयरधनी

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि दुई व्यवसायिक घरानाबीच प्रतिष्पर्धा हुने देखिएको छ । निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्जका लागि दुई वटा कम्पनीले आवेदन दिएसँगै व्यवसायिक घरानाको लगानी रहेको नेसनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेञ्जबीच  प्रतिष्पर्धा हुने देखिएको हो ।

आइतबार २ बजेसम्म धितोपत्र बोर्डमा नेसनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेञ्जले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका छन् । हिमालयन स्टक एक्सचेन्जले शुक्रबार नै आवेदन दिएको हो भने नेसनल स्टक एक्सचेन्जले आइतबार आवेदन दिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नयाँ स्टकका लागि आवेदन दिने समय आइतबार साँझ ५ बजे सकिँदैछ । आवेदन परेका कम्पनीहरुबाट पनि बोर्डले मापदण्डका आधारमा एउटा कम्पनीलाई मात्र स्टक एक्सचेन्जको लाइसेन्स दिनेछ ।

यी हुन् हिमालयन स्टक एक्सचेन्जका सेयरधनी

बोर्डमा नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाको लगानी रहेको छ । त्यस्तै, सो एक्सचेन्जमा महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणा, खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी रहेको छ ।

यी हुन् नेशनल स्टक एक्सचेञ्जका सेयरधनी

त्यस्तै, नयाँ स्टक एक्सचेन्जकै लागि आवेदन दिएको नेसनल स्टक एक्सचेन्जमा सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ । योसँगै उक्त एक्सचेन्जमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको पनि लगानी रहेको छ ।

हालसम्म यी दुई कम्पनीले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिए पनि एक कम्पनीलाई मात्रै स्टक एक्सचेन्जको लाइसेन्स दिइनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: