काठमाडौं । आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । उपनिर्वाचन भएका चितवन २, बारा २ र तनहुँ १ को मतगणना आजै रातिबाट सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।
उपनिर्वाचन भएका केही मतदान स्थलमा सामान्य हुलदंगा भए पनि समग्र रुपमा तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । मतदानको समय सकिएसँगै अब मुचुल्का उठाउने र मतपेटिका मतगणना केन्द्रमा पुर्याउने काम हुने थपलियाले बताएका छन् ।
‘बारा–२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुनेछ ।’, थपलियाले भने, ‘तनहुँ–१ गणनास्थलमा मतपेटिका पुर्याउन समय लाग्छ, सकेसम्म १० बजेसम्म मतपेटिका गणनास्थलमा पुग्छ । राजनीतिक दलको सहमति भयो भने राती १२ बजे मतगणना सुरु हुन्छ ।’
त्यस्तै, चितवन–२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने भएको बताउँदै प्रमुख आयुक्त थपलियाले सकेसम्म ९ बजेसम्ममा मतपेपिटका संकलनको काम सकेर मतगणना सुरु गरिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्