Skip to content
LAXMI SUNRISE BANK

तनहुँ १ः डा.स्वर्णिम वाग्लेको जित निश्चितप्राय, काँग्रेसको कोर एरियामै घण्टीलाई दोब्बर मत !

अर्थ सरोकार

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जित निश्चितप्राय बनेको छ । पछिल्लो मतपरिणाम अनुसार रास्वपाका वाग्ले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराई भन्दा दोब्बर मतले अघि छन् ।

हालसम्म रास्वपाका स्वर्णिम वाग्लेले ७ हजार ३ सय ९३ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले भने ३ हजार २ सय ३४ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका सवेन्द्र खनालले भने २ हजार १ सय ३४ मत पाउँदै तेस्रो स्थान पछ्याईरहेका छन् । आइतबार रातिदेखि सुरु भएको मतगणनामा रास्वपाका डा.वाग्लेले भारी मतान्तरसहित अग्रता कायम गरेपछि उनको जित निश्चितप्राय बनेको हो ।

यता तनहुँ १ मै नेपाली कांग्रेसको ‘कोर एरिया’ भनिएको ठाउँबाटै घण्टीलाई दोब्बर मत आएपछि वाग्लेको जित झनै निश्चित देखिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK