काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीत निश्चितप्रायः बनेको छ । पछिल्लो मत परिणाम अनुसार आफ्ना प्रतिद्वन्दीभन्दा दोब्बर मतान्तरले रास्वपाका डा.स्वर्णिम वाग्लेले अग्रता कायम गरेपछि तनहुँ १ मा कांग्रेस र एमालेको हार निश्चित हुने देखिएको हो ।
पछिल्लो मत परिणाम अनुसार तनहुँ १ मा नेपाली काँग्रेस र नेकपा एमालेका दुवै उम्मेदवारले ल्याएको मत जोड्दा पनि रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेको जति मत भने पुग्दैन ।
पछिल्लो मत परिणाम अनुसार रास्वपाका वाग्लेले ७ हजार ३ सय ९३ मत ल्याएर अग्रता कायम गर्दा नेपाली काँग्रेसका गोबिन्द भट्टराईले ३ हजार २ सय ३४ मत सहित दोस्रो स्थान पछ्याईरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार सवेन्द्र खनालल भने २ हजार १ सय ३४ मतसहित तेस्रो स्थानमा देखिएका छन् । काँग्रेस र एमाले दुवैमो मत जोड्दा पनि ५ हजार ३ सय ६८ मात्रै पुग्छ, जुन रास्वपाका वाग्लेले पाएको मतभन्दा २ हजार २५ मत कम हो ।
आइतबार रातिदेखि सुरु भएको मतगणनामा रास्वपाका डा।वाग्लेले भारी मतान्तरसहित अग्रता कायम गरेपछि उनको जित निश्चितप्राय बनेको हो । यता तनहुँ १ मै नेपाली कांग्रेसको ‘कोर एरिया’ भनिएको ठाउँबाटै घण्टीलाई दोब्बर मत आएपछि वाग्लेको जित झनै निश्चित देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्