×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबी सोलुसन्सले नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक लाइभ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसबी सोलुसन्सले नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक लाइभ

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसबी सोलुसन्सले  नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । नबिल बैंकले स्वीकृति पत्र र कानुनी कागजातहरु क्याड मोड्युलबाट तयार गर्दै गरेको एक बर्ष पुरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङ्गको यात्रामा एउटा कोसेढुङ्गा पार गरेको हो ।

नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसगैँ करिब एक वर्षभन्दा बढि समय देखि यसको नियमित रुपमा उपयोग भईरहेको छ । यसले बैंकको स्वीकृति पत्रसँगै, क्रण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पुर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गदै आएको छ ।

एसबी सोलुसन्स्का सीईओ संजोग मिश्रले क्याड मोड्युल मार्फत नबिल बैंकमा सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा आफूहरु उत्साहित भएको बताएका छन् ।

के हो क्याड मोड्युल ?

क्याड मोड्युल ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपूर्ण मोड्युल हो । यसले बैंकको स्वीकृति पत्रसँगै, ऋण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पुर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गदै आएको छ ।

क्याड मोड्युलले स्वीकृति पत्रका जटिल अवस्था र निर्भरतालाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरिएको छ, जसले संयुक्त स्वीकृति पत्र पनि सजिलै तयार गर्न सक्छ ।

यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरूलाई धेरै सहज बनाउँछ जहाँ प्रयोगकर्ताहरूले केवल एउटा फारम भर्नु पर्छ र त्यसपछि ग्राहकअनुसार स्वीकृति पत्र सहित आवश्यक सम्पुर्ण कानुनी कागजातहरू सिस्टमले आफै तयार पारिदिन्छ । साथै, यस प्रणालीले एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरू लिएर अंग्रेजी इनपुटलाई पनि नेपाली भाषामा अनुवाद गर्न सक्छ यसले प्रयोगकर्ताहरुलाई अझ सहज पारिदिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी