काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने निर्वाचित भएका छन् । उनले पाएको मत, उनका प्रतिष्पर्धीहरुको मत र गन्न बाँकी मतको हिसाब गर्दा उनी निर्वाचित भईसकेका छन् । पूरै मत गनेर उनी निर्वाचित भएको घोषणा भने हुन बाँकी छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।
अहिले सो स्थानमा दोश्रो हुन नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिष्पर्धा चलिरहेको छ । यसअघि कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो प्रतिष्पर्धी एमाले भएको बताएका थिए । नभन्दै दोश्रो हुन एमालेसँग उनले तिब्र प्रतिष्पर्धा गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्