काठमाडौं । साताको कारोबारको चौँथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार दुई सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ६ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।