Skip to content
LAXMI SUNRISE BANK

सिङगापुर पठाईदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सिङगापुर पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका –१ स्थाई घर भई हाल काठमाडौँको गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको हो ।

मैलानली मिन बहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई राम्रो होटेलमा काम लगाईदिन्छु भनि पिडितबाट पटकपटक गरी ६ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दिउँसो काठमाडौँको बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका मैनालीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK