Skip to content
LAXMI SUNRISE BANK

मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज (बुधबार) बाँडफाँट गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयरका लागि आवेदन आह्वान गरेकामा ११ लाख ७४ हजार दुई सय २८ जना आवेदकबाट एक करोड २५ लाख ८१ हजार दुई सय ७० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो ।

कम्पनीले रीतपूर्वक प्राप्त आवेदनमध्येबाट गोलाप्रथाद्वारा १० कित्तादेखि एक हजार कित्ता शेयर आवेदन गर्ने ९४ हजार चार सय सात आवेदनकर्तालाई १० कित्ताका दरले र थप चार जनालाई ११ कित्ताका दरले बाँडफाट गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले जानकारी दिए । सो कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र कम्पनीका कर्मचारीलाई शेयर बाँडफाँट गरिसकेको छ ।

सङ्खुवासभामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले ४.७२ विद्युत् उत्पादन गरेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा निर्माण भएको उक्त हाइड्रोपावर रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको हाइड्रोपावरका कार्यकारी निर्देशक सेवक पोखरेलले जानकारी दिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK