काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
बिहिबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ५ सय ३५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।