काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ६ सय २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।