काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले ऋण नर्तिन दुरुत्साहन गर्नेविरुद्ध मुद्धा हाल्ने भएको छ । परिसंघको १४औँ बैठकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा–ब्याज नतिर्न दुरुत्साहन गर्ने विरुद्ध मुद्धा हाल्ने निर्णय गरेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्ने र ऋणीहरुलाई भड्काउने गतिविधि बढेपछि परिसंघले यस्तो कदम चाल्ने निर्णय गरेको हो । परिसंघको यो निर्णयसँगै बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलन गरिरहेका व्यवसायी दुर्गा प्रसाईं पहिलो टार्गेटमा परेका छन् ।
यसो त प्रसाईंले देशव्यापी रुपमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको नेतृत्व मात्रै गरेका छैनन्, बरु बैंक तथा वित्तीय संस्थाका ऋणीहरुलाई भड्किलो भाषण गरेर उत्तेजित पार्ने काम गर्दै आएका छन् । कतिपय भाषणका क्रममा उनले बैंकरहरुलाई कालोमोसो दल्नेदेखि ‘ठिक पार्छौं’ जस्ता अभिव्यक्ति दिँदै आएका छन् । यतिसम्म कि कतिपय ठाउँमा असुलीका लागि जाँदा ऋणीहरुले ‘दुर्गा प्रसाईंको अभियानमा छु, अहिले ऋण तिर्दिन’ भन्ने सम्मका अभिव्यक्ति दिने गरेका छन् । जसका कारण बैंकिङ प्रणालीमा ठूलो चुनौती थपिएको छ ।
‘बैंकबाट ऋण लिएपछि ऋण नतिर्नु र तिर्दिन भन्नु अराजकता हो, र पछिल्लो समय यस्ता अराजक गतिविधि झनै बढेको छ ।’, परिसंघका एक सदस्यले भने, ‘त्यसैमाथि अहिले झन् बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनका नाममा ऋणीहरुलाई कर्जाको साँवा–नतिर्न दुरुत्साहन गर्नेहरु बढेका छन् । अब यस्तो गतिविधि गर्नेविरुद्ध मुद्धा चलाउने निर्णय भएको छ ।’
परिसंघले पनि विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेलाई कानुनतः जस्तोसुकै कठोर कद चाल्न पनि तयार रहेको जनाएको छ ।
त्यस्तै, परिसंघले कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने काम नगर्न समेत अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्