काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरेका छन् ।
आइतबार जनकपुरधामस्थित हुलाक कार्यालयको भवनमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै उनले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने बताएका हुन् ।
उनले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी पनि दिए । उनले भने ‘ अब सरकार पछि हट्दैन, मिटर ब्याजको आतंकलाई समाजबाट निर्मुल पार्न आवश्यक भइसकेको छ । यदि राजनीतिक छत्रछायाँमा मिटर ब्याज मौलाएको हो भने त्यसलाई पनि सरकारले अब कुनै पनि हालतमा छुट दिने छैन् । ’
देशका बिभिन्न भागमा मिटरब्याजीबाट पीडित सर्वसाधारण विगत तीन सातादेखि राजधानी केन्द्रित आन्दोलन गर्दै काठमाडौंमा जम्मा भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्