Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ४ सय ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK