काठमाडौं । नागरिक लगानी कोषको खुद नाफा २६.१५ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा खुद नाफा २६.१५ प्रतिशतले बढेको हो ।
वित्तीय विवरण अनुसार कोषले चैत मसान्तसम्म ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कोषको ब्याज आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेकोे हो । चैत मसान्तसम्म कम्पनीले ३० करोड ५० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । उक्त ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १९६.७७ प्रतिशत बढि हो ।
चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी पनि बढेर १ अर्ब २५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड ७ लाख रुपैयाँ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्