×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रमिक दिवस सम्मानित र सुरक्षित रुपमा मनाउन पाइएको छ : अध्यक्ष ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

श्रमिक दिवस सम्मानित र सुरक्षित रुपमा मनाउन पाइएको छ : अध्यक्ष ओली

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गरे ।

अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उनको भनाइ छ ।

“विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम भएको थियो । त्यही समझदारीका कारणले न्यूनतम पारिश्रमिक इतिहासमा उच्च, ३९ प्रतिशतले वृद्धि भएको थियो”, उनले भने ।

उनले न्यूनतम पारिश्रमिक वृद्धिले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हड्ताल र तालाबन्दीको समस्या अन्त्य भएको भन्दै त्यसपछि मुलुकको अर्थतन्त्रले तीव्र विकासको लय समातेको उल्लेख गरे ।

उनले एमालेको सरकारले श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको सयममा वा सेवा निवृत्त भएपछिको जीवनको सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुआत गरेको उल्लेख गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी