काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एशिया कप क्रिकेटको समूह चरणका खेल नेपालमा खेलाउन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले एशिया कप २०२३ को समूहचरणका खेल नेपालमा खेलाउन पहल गर्न सरकारसँग माग गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न भारत भ्रमणमा उक्त एजेण्डा समावेश गर्न रास्वपाले माग गरेको हो ।
मंगलबार काठमाडौंको टीयू क्रिकेट मैदानमा एसीसी प्रिमियर कपमा यूएईलाईलाई पराजित गर्दै नेपाल एशिया कप २०२३ मा प्रवेश गरेको छ । योसँगै रास्वपालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै आगमी एशिया कपका समूह चरणका खेल नेपालमा खेलाउन माग गरेको हो ।
एसीसी प्रिमियर कपमा यूएईलाई पराजित गर्दै नेपाल विजयी भएसँगै रास्वपाका सभापति रवि लामिछानेले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टिमलाई बधाई दिएका छन् । सँगै उनले सोही पोष्टमार्फत आगामी एशिया कप २०२३ को समूह चरणका खेल नेपालमा खेलाउन पहल गर्न पनि सरकारसँग माग गरेका छन् ।
यस्तो छ रास्वपाले जारी गरेको विज्ञप्तिः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्