×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको सहयोग भए सूचना अर्थतन्त्र नयाँ उचाइमा पुग्छ : चन्द्रप्रसाद ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारको सहयोग भए सूचना अर्थतन्त्र नयाँ उचाइमा पुग्छ : चन्द्रप्रसाद ढकाल

Artha Sarokar

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले सहयोग र सहजीकरण गरेमा निजी क्षेत्रले सूचना अर्थतन्त्रलाई नयाँ उचाइमा लान सक्ने बताएका छन् ।

मंगलबार सूचना सञ्चार प्रविधि मन्त्रालयद्वारा छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले डिजिटल सेवाग्राहीहरू बढी हुँदा उपभोक्ताको गुनासो र अधिकारको पनि सम्बोधन हुन जरुरी रहेको बताए ।

उनले भने,– ‘नेपाल सरकारले सहयोग एवम् सहजीकरण गरेको खण्डमा निजी क्षेत्रले सूचना अर्थतन्त्रलाई नयाँ उचाइमा लान सफल हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु । डिजिटल सेवाग्राहीहरु बढी हुँदा उपभोक्ताको गुनासो र अधिकारको पनि सम्बोधन हुन जरुरी छ ।’ उनले प्रविधिलाई आत्मासाथ गर्नाले जीवन सहज बन्ने टिप्पणी गरे ।

सूचना प्रविधिको प्रयोगले निजी क्षेत्रको उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको उनको भनाइ छ । सूचना प्रविधिको क्षेत्रलाई कसरी सहज र सर्वसुलभ बनाउन सकिन्छ भन्ने कुरामा निरन्तर प्रयास रहनु आजको आवश्यक रहेको पनि उनको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी