×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीले लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि प्रचण्डले बोलाए ६ दलको बैठक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओलीले लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि प्रचण्डले बोलाए ६ दलको बैठक

२० बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले बुधबारका लागि ६ दलको बैठक डाकिएको पुष्टी गरेका छन् ।
६ दलको बैठकमा कुनै हालतमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ । तर रास्वपालाई सरकारमा ल्याउने विषयमा सत्तारुढ दलहरु सकारात्मक भए पनि पाईसकेको मन्त्रालय नछोड्ने भन्दै दलहरु सन्तुष्ट छैनन् । तर प्रचण्डले भने आफ्नो भागमा परेको गृह मन्त्रालय, नेपाली काँग्रेसको भागमा परेर हाल रिक्त रहेको स्वास्थ्य मन्त्रालय र अर्को एक मन्त्रालय दिएर रास्वपालाई सरकारमा सहभागी गराउने प्रस्ताव गरेका छन् । रास्वपालाई सरकारमा ल्याउँदा राजनीतिक र संसदीय अंकगणित दुवै दृष्टिले गठबन्धन सुरक्षित बन्ने बुझाइ सत्ता गठबन्धनमा छ ।
सरकारलाई १० दलको समर्थन रहे पनि रास्वपा, जनमत र राष्ट्रिय जनमोर्चा सरकारमा छैनन् । यहि मौकाको फाइदा उठाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले रवि लामिछानेलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि आत्तिएका प्रचण्डले ६ दलको बैठक बोलाएका हुन् ।
एमाले अध्यक्ष ओलीले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतलाई भेटिसकेका छन् ।
एमाले सम्मिलित गठबन्धनमा रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री लिएको थियो । गृहमा सभापति लामिछाने, शिक्षामा शिशिर खनाल र श्रम तथा रोजगारमा डोलप्रसाद अर्याल मन्त्री थिए भने स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्की थिइन् । तर अव प्रधानमन्त्रीकै अफर आएपछि रास्वपा सत्ता गठबन्धनलाई नै निरन्तरता दिने मामिलामा पनि बढी बलियो बनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी