Skip to content
LAXMI SUNRISE BANK

बुधबार १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ८ सय २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK