×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ९.१८ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ९.१८ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२० बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६५ कम्पनीको २१ लाख ५५ हजार ५ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ६२ करोड २ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३ करोड ५ लाख ३ हजार ४ सय ९८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा स्वेत-गंगा हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तिय संस्था, युनिलिभर नेपाल, सिटिजन्स म्युचुअल फण्ड-२ र स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३ करोड ५ लाख ३ हजार ४ सय ९८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्ट्रिलरी, हिमाल दोलखा हाइड्रोपावर, कुमारी बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइबिएल ग्रोथ फण्डको सेयरमा यस्तो गिरावट आउँदा सनराइज ब्लु चिप फण्ड, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, साञ्जेन जलविद्युत र मन्दाकिनी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी