काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगानी मैत्री वातावरण बनाउन तथा उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८औं साधारणसभामा उपराष्ट्रपति यादवले नेपालमा ग्रील व्यवसायीले कोडिभ-१९ को महामारी, महाभूकम्प जस्ता विषम परिस्थितिमा पनि सेवा दिएकोमा प्रशंसा गरे ।
कार्यक्रममा उनले लगानी र व्यवसायीक वातावरण बनाउन सरकारले अभिभावको भूमिका निभाउनु पर्ने बताए । उनले भने,‘लगानी र व्यवसायीक वातावरण बनाउन र उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प छैन ।’ कार्यक्रममा उनले ग्रील व्यवसायीले आयात प्रतिस्थापन गर्न तथा रोजगारीको अवसर सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
साथै, उनले ग्रील व्यवसायीको समस्या सम्वोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण गराए । उनले भने ‘ग्रील व्यवसायीले भोग्दै आएको दक्ष जनसक्तिको अभाव, उद्योग दर्तामा आएको समस्या, वित्तिय पहुँचमा कमी, मूल्य वृद्धि, नविनतम प्रविधिको विकासमा कमी लगायतका समस्या समाधानका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गर्दछु ।’
कार्यक्रममा ग्रील व्यवसायी राष्ट्रिय सम्मान २०८० बाट सञ्चारकर्मीलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा अप्सरा गौतम, भरत रावल, दिपेश घिमिरे कल्पना सानु भट्टराई, क्यामेरा म्यान तर्फ: देवआनन्द शिल्पकार, विक्रम शाक्य, श्रीदेवी पराजुली रहेका छन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८औं साधारणसभाले नयाँ नेतृत्वको चयन गर्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्