काठमाडौं । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमा आउन सक्ने समस्या समाधानका लागि सेयर सदस्यहरुको जागरुकता आवश्यक रहेको बताएका हुन् ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ मिलनचोकमा सञ्चालित कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित सेयर सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन् ।
सहकारीले सदस्यसंग संकलन गरेको वचत संस्थाका सेयर सदस्यहरुलाई नै ऋण लगानी गर्ने हो, ऋण लैजाने सदस्यले तिरेको ब्याजबाट वचतकर्ताले ब्याज पाउने हो, सदस्यलाई लगानी गरेको ऋण नउठ्ने र वचत गरेका सदस्यहरुले वचत फिर्ताका लागि दवाव बढाउदा ऋणी सदस्यहरुलाई समस्या पर्ने भएकाले ऋण लगेर नतिर्ने सदस्यहरुलाई सचेत हुन उनले आग्रह गरे ।
सहकारीमा जम्मा भएको बचत रकममा सञ्चालकहरुले बढी आँखा लगाएर घरजग्गा र अन्य व्यसायमा लगानी गरेका कारण केही सहकारीमा समस्या आएको चर्चा गर्दै जिसीले सहकारीले आफ्ना सदस्यलाई ऋण लगानी गरेको छ भने समस्या नआउने बताए ।
सहकारी ऐनको दफा ५० को ६ मा सहकारी संस्थाले सदस्यसंग संकलन गरेको वचत रकम सदस्यहरुलाई ऋण लगानी गर्न, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्न बाहेक सम्पत्ती खरिद गर्न, पूर्वाधार निर्माण गर्न, कारोबारमा लगानी गर्न, कुनै फर्म वा कम्पनीमा लगानी गर्न नपाइने व्यवस्था गरेको छ, तर कतिपय सहकारीहरुले ऐनमा भएको व्यवस्था भन्दा विपरित सदस्यसंग वचत संकलन गरेर अन्यत्र लगानी गरेका कारण समस्या सिर्जना भएको उनले बताए ।
सहकारी ऐनले सहकारी बैंकको सेयर खरिद बाहेक बचत रकमबाट कुनै पनि बैंक वा कम्पनीको सेयर खरिद गर्न नपाइने व्यवस्था गरेको समेत जिसीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्