काठमाडौं । विपस्यना ध्यानका लागि बलिउड अभिनेता अमिर खान काठमाडौं आएका छन् । आइतबार बिहान उनी १० बजे उनी भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् ।
बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन अभिनेता खान नेपाल आएका हुन् । आइतबार उनलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवसायीहरुले स्वागत गरेका थिए ।
यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।