×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा रोक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा रोक

Artha Sarokar

२४ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा रोक लगाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सिम्रिकका सम्पूर्ण उडानमा रोक लगाएको हो ।

शुक्रबार संखुवासभामा भएको हेलिकप्टर दुर्घटनापछि प्राकिरणले सिम्रिक एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा रोक लगाएको हो । अब अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सम्पूर्ण उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल सिम्रिक एयरसँग भएका अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान रद्ध गरिएको हो । शुक्रबार भएको दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने स्थानीय भविन गुरुङको निधन भएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी