काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै नांगिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुखले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।