काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको छ । मर्जर प्रक्रियामा रहेका जीवन बीमा कम्पनीहरु यूनियन, गुँरास र प्राइम लाइफ इन्स्योरेन्सले मंगलबारदेखि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
यी तिनै कम्पनीहरु १ः१ः१ सेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् । मर्जरसँगै बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजलाल कर्ण चयन भएका छन् ।
मर्जरसँगै हिमालयन लाइफ इन्स्योरेन्स जीवन बीमा कम्पनीतर्फ पूँजीका अधारमा दोस्रो ठूलो कम्पनी बनेको छ । मर्जरमा गएको प्राइम लाइफ इन्स्योरेन्सको दुई अर्ब ७७ करोड, गुँरास लाइफ इन्स्योरेन्सको दुई अर्ब ८ करोड र युनियन लाइफ इन्स्योरेन्सको दुई अर्ब १५ करोड गरी मर्जरपछि बनेको हिमालयन लाइफको चुक्ता पूँजी ७ अर्ब ७२ करोड रुपैयाँ नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्