Skip to content
LAXMI SUNRISE BANK

फरार सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

अर्थ सरोकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि भागेका टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

पक्राउ पूर्जी जारी भएको झण्डै एक हप्ता बित्दा पनि सम्पर्कबिहीन भएका टोपबहादुरको खोजी गर्ने क्रममा प्रहरीले उनको घरमा छापा मारेको हो । मंगलबार नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुरको ललितपुरको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

रायमाझीविरुद्ध काठमाडौं जिल्ला अदालतले बैशाख २० गते पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै फुर्तिका साथ उक्त प्रकरणमा आफ्नो कुनै पनि दोष नभएको र घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउने प्रतिक्रिया दिएका टोपबहादुर हाल भने सम्पर्कबिहीन छन् ।

हाल रायमाझीको खोजीकार्यका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लाका प्रहरीलाई पत्राचार गरेको छ । उनका छोरा सन्दीपलाई भने प्रहरीले यसअघि नै बुटवलदेखि पक्राउ गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK