काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि सम्पर्कबिहीन भएका रायमाझीलाई बुधकार एमालेले निलम्बन गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यलाई अनुसन्धानमा सघाउन र कानुनी कार्वाहीको प्रक्रिया टुँगो नलागेसम्म रायमाझीलाई पार्टीबाट निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।