Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ परेका छिन्। काठमाडौं महानगरपालिका वडा नं. ४ स्थाई वतन भई हाल भक्तपुर जिल्ला ठिमी वडा नं. ०४ बस्ने ४६ वर्षीय भावना श्रेष्ठ पक्राउ परेकी हुन् ।

उच्च अदालत पाटन, ललितपुरको मिति २०७८/०७/२२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २५ लाख ९० हजार जरिवाना र ५ दिन कैद सजाय तोकी उनि फरार रहेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख २८ गते भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी श्रेष्ठलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत भक्तपुर उपस्थित गराईएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK