काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटका लागि नीतिगत राय-सुझाव अर्थ मन्त्रालयमा पेस गरेको छ नाडाले बजेटका लागि १२ बुँदे सुझाव अर्थ मन्त्रालयमा पेस गरेको हो ।
व्यावसायिक रुपमा प्रयोग हुने चारपांग्रे सवारी तथा ढुवानीका साधनहरु आमजनताको जीवनसँग प्रत्यक्ष सरोकारको विषय हुने र यसको भाडादरले आमनागरिकको दैनिकी प्रभावित हुने भएकोले सो साधनहरुमा उच्चदरमा लागि आएको भन्सार र अन्तःशुल्क महसुल तथा सडक मर्मतसुधार शुल्क घटाउनुपर्ने नाडाले सुझाव दिएको छ।
यसैगरी सवारीसाधनको आयात स्वयंमा धेरै पुँजी चाहिने व्यवसाय भएकाले हालको अवस्थामा खुला बजार नीतिअनुरुप बजारलाई प्रतिस्पर्धी बनाई उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपभोग गर्न पाउने व्यवस्था गराउन तथा पैठारीकर्ताको लगानी कम गर्न अन्य मुलुकमा जस्तै नेपालमा पनि सवारीसाधन आयात गर्दा बोन्डेड वायरहाउसको व्यवस्था गरिनुपर्ने सुझाव नाडाले दिएको छ ।
सबै किसिमका एसेम्बलिङ उद्योगले आयात गर्ने अनएसेम्बल विद्युतीय सवारीसाधनहरु मोटर साइकल, स्कुटर, रिक्सा, कार, जिप, भ्यानको पार्टपुर्जा पैठारी गर्दा भन्सार महसुलमा छुट हुनुपर्ने सुझाव पनि नाडाले दिएको छ । ‘किनकि विद्यमान व्यवस्थामा दिइएको ७५ प्रतिशत भन्सार महसुल छुट सबै प्रकारका एसेम्बलिङ उद्योगलाई दिइएमा त्यस्ता उद्योगमा स्थिरताको वातावरण सिर्जना गर्न मद्दत हुनेछ’, नाडाले भनेको छ।
सवारीसाधन एसेम्बल उद्योगलाई दिँदै आएको ५० प्रतिशत अन्तःशुल्क महसुल छुटको व्यवस्था बजेटको सट्टा ऐनमै स्थायी रुपमा व्यवस्था गर्न नाडाको सुझाव छ । यस्ता छन् सुझावहरु :
budget suggestion
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्