Skip to content
LAXMI SUNRISE BANK

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २ सय रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार १ सय ६५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK