×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भुटानी शरणार्थी प्रकरण संगठित ठगी र राज्यविरुद्ध अपराध हो, जो कोही संलग्न भए पनि कार्वाही हुनुपर्छ’- रास्वपा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘भुटानी शरणार्थी प्रकरण संगठित ठगी र राज्यविरुद्ध अपराध हो, जो कोही संलग्न भए पनि कार्वाही हुनुपर्छ’- रास्वपा

२ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कार्वाही गर्नुपर्ने बताएको छ ।

रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा.मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कार्वाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।

रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ । ‘यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ । यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन । उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ ।’, विज्ञप्तिमा भनिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पु¥याएको भन्दै उक्त प्रकरणका बहुआयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढङ्गले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी