काठमाडौं । रोमानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९ जाल्पाचोक बस्ने ४३ वर्षीय विशाल विश्वकर्मा पक्राउ परेका हुन् ।
उनले डिल बहादुर वि.क सहित ८ जनालाई वैदशिक रोजगारीका लागि रोमानिया पठाईदिने भन्दै रकम ठगि गरेका थिए । रोमानिया जान प्रतिव्यक्ति ५ लाख ५० हजार लाग्ने र रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीहरुमा काम लगाईदिने, मासिक १ लाख बढी तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी पिडितहरुबाट पटकपटक गरी १८ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले काठमाडौं महानगरपालिका वडा नं.२ लाजिम्पाटबाट पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्