×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुर्वअर्थमन्त्री कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पुर्वअर्थमन्त्री कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन

Artha Sarokar

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना संक्रमणबाट पुवअर्थमन्त्री एवंम पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको हो ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछिउनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 
नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पुष्टी भएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी