काठमाडौं । कुश्मा नगरपालिकाका उप-प्रमुख स्वस्थानी रिजालले सहकारी क्षेत्रमा देखिएका समस्यालाई स्थानीय सरकार र सहकारी अभियान मिलेर समाधान गर्नु पर्नेमा जोड दिएका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सहकारीको प्रबर्द्धनका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुझाएको १४ बुँदे सुझाव बुझ्दै उप-प्रमुख रिजालले यस्तो बताएका हुन् ।
‘सहकारी आर्थिक विकासको महत्वपूर्ण पाटो हो, यसलाई सबै मिलेर सवल र सक्षम बनाउनु पर्छ’, उप-प्रमुख रिजालले भने ,’पछिल्लो समय बजार केन्द्रीत केही सहकारीमा आएको समस्याका कारण सबै सहकारीलाई समस्या पार्ने गरी अभियान भएका छन्, यसलाई समाधान गर्नका लागि सहकार्य गरौँ ।’
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेलले हाम्रो जस्तो आर्थिक अवस्था भएको मुलुकको आर्थिक विकासको महत्वपूर्ण आधारक्षेत्र सहकारी भएपनि यसलाई प्राथमिकतामा पार्न नसकिएको गुनासो गरे । सहकारी विकासको प्रमुख सम्वाहक हो, तर यसलाई संरक्षण गर्ने, प्रबर्द्धन गर्ने र यसमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणको काम गर्ने विषयमा हामी सबै चुकेका छौँ ।’ उनले भने । उनले नगरपालिकाको तर्फबाट सहकारीको प्रबर्द्धनका लागि समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सहकारी बैंकका तर्फबाट सुझाव पत्र बुझाउदै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले स्थानीय तहले चाहदा सहकारीमार्फत धेरै काम गर्न सकिने भए पनि स्थानीय तहको प्राथमिकतामा सहकारी पर्न नसकेको गुनासो गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मी, उपाध्यक्ष लाल बहादुर अधिकारी, कोषाध्यक्ष देवी क्षेत्री लामिछाने, नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्मा पौडेल, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतले समन्वय र सहकार्य मार्फत सहकारी क्षेत्रको प्रबर्द्धनमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्