Skip to content
LAXMI SUNRISE BANK

रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला

अर्थ सरोकार

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर हत्या काण्डका दोषी रेशम चौधरीको जन्मकैदको फैसला सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले उच्च अदालत दिपायलको फैसला सदर गरेको हो ।

यसअघि उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा चौधरीले जन्मकैदको सजाय काटिरहेका छन् ।

यो मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK