काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्मा (दंगाल)ले पछिल्लो समय मुलुकमा आर्थिक शुशासन कायम गर्न नसकेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको दोस्रो लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले सरकारी वा गैरसरकारी निकायहरुले अभिलेखहरु व्यवस्थित गर्न नसकेको समेत बताएका छन् । ‘सरकारी निकाय होस या गैरसरकारी निकाय, जे कुराको पनि अभिलेखहरु व्यवस्थित छैन् ।’, उनले भने, ‘रेकडिङ्ग, रिपोर्टिङ र लेखाजोखा केही पनि राम्रो छैन् । यो पाटोमा हामीले ध्यान दिन सकेका छैनौं ।’
त्यस्तै, उनले सबै निकायले आ–आफ्नो संस्थाहरुको अभिलेखहरु व्यवस्थित गर्न आवश्यक भएको समेत बताएका छन् । नीति नियम बनाउनेदेखि सबै कुरामा सम्पूर्ण निकायले ध्यान दिन आवश्यक भएको जिकिर गर्दै महालेखा परीक्षक शर्माले यसैको अभावले निर्णय लिन असहज भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्