Skip to content
LAXMI SUNRISE BANK

बुद्ध एयरको दाबी- `यात्रुले सुटकेसमा हालेर मुसा ल्याए´

अर्थ सरोकार

काठमाडौं । बुद्ध एयरको जहाजभित्र देखिएको ‘मुसा’ भेटिएको छ । शनिबार जहाजमा मुसार देखिएपछि जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइनएन–एजेएलमा मुसा फेला परेको हो ।

जहाजमा मुसा फेला परेसँगै बुद्ध एयरले यात्रुले सुटकेसमा हालेर मुसा ल्याएको आशयको अभिव्यक्ति दिएको छ । शनिबार जहाजमा देखिएको मुसा आइतबार फेला परेपछि बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत अनुरोध गरेको छ । यसले बुद्ध एयरले जहाजमा मुसा भेटिनुमा यात्रु दोषी रहेको भन्ने आशयलाई थप बल पुगेको छ ।

काठमाडौं उडानका लागि तयार रहेको जहाजमा मुसो रहेको यात्रुले देखेपछि जहाज ग्राउण्डेड गरिएको थियो । शनिबार चेकजाँचका क्रममा मुसो नभेटिएपछि जहाज जनकपुरमै रोकिएको थियो । तर, आइतबार बिहान सो मुसा जहाजमै फेला परेको छ ।

बुद्ध एयरका अनुसार जहाजमा देखिएको मुसालाई ट्रयापमा पारी सम्पूर्ण चेकजाँचप्रश्चात जहाजलाई २–३ घण्टा रनअप लिई सजगता अपनाइएको छ । परीक्षणप्रश्चात आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ ।

काठमाडौंमा जहाजको थप निरीक्षणपछि पुनः व्यावसायिक उडान थालिने बुद्ध एयरले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK