काठमाडौं । स्विजरल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन्। जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ४ स्थाई घर भई हाल बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ दशबिगा ४६ वर्षीय पार्वती थापा पक्राउ परेकी हुन् ।
उनले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाईदिने र स्विजरल्याण्ड पुगेपछि सुपरमार्केटमा काम लगाईदिन्छु, मासिक १ लाख बढी तलब हुन्छ भनि प्रलोभनमा पारी पिडितबाट पटक पटक गरी ७ लाख २० हजार रुपैयाँ ठगि गरेकी हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले जेष्ठ ८ गते काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेकी थापालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।